पोखरा विमानस्थलको निर्माण कार्य अघि बढ्यो

Posted on: November 07, 2017 | views: 119
पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्य अघि बढाएको छ । कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीव रुपमा अघि बढ्ने पोखरा अन्तराष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । मुलुककै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ । विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुले संयुक्त रुपमा विमानस्थलको शिलान्यास गर्नुभएको थियो । चीनको एक्जीम बैंकको करिब २१ अर्बको ऋृण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो ।