चिनले ग्यास र पेट्रोल उत्खनन सहित चिनियाँ लगानी बढाउने भयो (यस्तो छ सम्झौता)

Posted on: August 15, 2017 | views: 365

काठमाडौं ।

चीन सरकारले विभिन्न तीन क्षेत्रमा आर्थिक तथा प्रविधिक सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा रहनु भएका चीनको राज्य परिषदका उपप्रधानमन्त्री वाङ याङ, नेपालका उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र नेपालका लागि चीनका राजदुत यू होङको उपस्थितिमा सहयोग सम्बन्धि सम्झौतामा नेपालका तर्पmबाट अर्थ मन्त्रालयका सचिव डा. शान्तराज सुवेदी र चीनका तर्फबाट वाणिज्य मन्त्री यु चिहान क्हाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार अरनिको राजर्मागको स्तर उन्नतिका लागि आर्थिक एवं प्राविधिक सहयोग, ग्यास र पेट्रोल उत्खननका लागि सम्भाव्यता अध्ययन र चिनियाँ लगानी अभिबृद्धिका क्षेत्रमा चीनले सहयोग उपलब्ध गराउने छ ।

अरनिको राजमार्गको स्तर उन्नति र रसुवाको केरुङ नाका नजिक पुल निर्माणका लागि १५ अर्व रुपैया  तथा पेट्रोल र ग्यासको सम्भाव्यता अध्ययनका लागि झण्डै २ अर्व रुपैया सहयोग उपलब्ध गराउने छ । 

सम्झौतामा हस्ताक्षर पछि अर्थ सचिव डा. सुवेदीले आज हस्ताक्षर भएका तीन वटै परियोजना दुई देशबीच छलफल गरि निश्चित अवधि तोकर कार्यान्वयन अघि बढाइने बताउनुभयो ।

सचिव डा. सुवेदीले तातोपानी नाका छिटो खोल्ने विषयमा सौद्धान्तिक सहमति भएको जानकारी दिनुभयो । 

जलविद्युतको विकास, अन्तरदेशिय प्रशारणलाइन, रेलमार्ग निर्माण लगायतका विषयमा समेत दुई देशका उच्च अधिकारीबीच छलफल भएको छ ।