मंगलवारदेखि लोडसेडिङ घट्ने,हप्तामा ७७ घण्टामात्रै

Posted on: May 02, 2016 | views: 217

१४ चैत, काठमाडौं  ।  
एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लोडसेडिङको अवधि घटाउने भएको छ। प्राधिकरणले दैनिक १ घण्टा लोडसेडिङ घटाउन लागेको हो ।  यसअघि हप्तामा ८४ घण्टा लोडसेडिङ हुँदै आएकोमा पर्सिदेखि हप्तामा ७७ घण्टा मात्रै लोडसेडिङ हुनेछ। लोडसेडिङको नयाँ तालिका भने सोमबार सार्वजनिक हुनेछ ।