प्रजातन्त्रपछि, २७ बर्षमा २८ लाख गाडी आयात

Posted on: August 06, 2017 | views: 370

काठमाण्डौ । बहुसंख्यक नेपालीका लागि बिलासी वस्तुको रुपमा रहेको गाडी आयात पछिल्ला बर्षमा ह्वात्तै बढेको  छ । 

सरकारी तथ्यांकअनुसार मुलुकमा प्रजातन्त्र आएपछिका २७ बर्षमा २८ लाख सवारी साधन आयात भएका छन् ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०४६/४७ देखि २०७३/७४ सम्ममा २७ लाख ८३ हजार चार सय २८ गाडी आयात भएका छन् । 

मुलुकमा सडकको अवस्था राम्रो नभए पनि गाडीको संख्या भने तीव्र रुपमा बढेको देखिन्छ ।

आव ०४६/४७ सम्ममा नेपालमा ७६ हजार तीन सय ७८ वटा गाडी आयात भएको सरकारी अभिलेख छ ।

पछिल्लो आर्थिक बर्षमा भने चार लाख ४४ हजार दुई सय ५९ गाडी विदेशबाट आयात भएको देखिन्छ ।

सबैभन्दा धेरै गाडी वागमति अञ्चल यातायात कार्यालयमा दर्ता भएका छन् ।