कफीले रोक्छ छालाको चाउरी देखि क्यान्सर सम्म

Posted on: May 03, 2016 | views: 2009

वर्तमानको व्यस्त जिवनमा कफीको सेवन प्रायः सबैको दैनिकीको अनिवार्य अंग बनिसकेको छ । कफीको सेवनले सरीरमा उर्जा आउने र तनाव कम हुने अनुभव हामी सबैले गरेकै हो । कफीको सन्तुलित सेवनले मानिसको स्वास्थ्यमा लाभ पूराउने विभिन्न अध्ययनले पुष्टि समेत गरिसकेका छन् । कफी सरीरका भित्री प्रणालीका लागि मात्र होइन बाहिरी अंग छालाका लागि समेत लाभदायी भएको विज्ञहरु बताउँछन् । कफीले छालाको स्वास्थ्यमा पूराउने फाइदा निम्न छन् :

१, कफी एन्टी अक्सिडेन्ट तत्वको भरपर्दो श्रोत हो । यो तत्वले छालामा चाउरीपना, बुढ्यौलीका लक्षण देखिनबाट रोक्दछ । साथै एन्टीअक्सिडेन्टले छालाको कोषको क्षयिकरणको दर पनि घटाउनुका साथै विभिन्न खाले प्रदुषक तत्वबाट छालामा हुने हानीबाट समेत सुरक्षा  प्रदान गर्दछ । कफीमा हुने एन्टी अक्सिडेन्टले छालाको प्राकृतिक सुरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।

२,कफीको नियमित सेवनले घाममा हुने परावैजनी किरणबाट छालामा पर्ने हानीबाट समेत जोगिन सघाउ पुग्ने वैज्ञानिकहरु बताउँछन् । परावैजनी किरणले छालालाई नराम्रो असर पूराएर क्यान्सर जस्ता जटिल रोग समेत निम्ताउने जोखिम हुन्छ । तर कफीमा भएको क्याफाइन तत्वले छालालाई विकिरणबाट सुरक्षा कवच प्रदान गर्छ । यसका साथै क्याफाइनले डिएनए क्षयिकरणको दर पनि घटाउँछ । यसका साथै कफीले छालामा क्यान्सर प्रतिरोधी क्षमताको समेत विकाश गर्न मद्दत पूराउँछ ।

३, छालालाई मुलायम र चम्किलो बनाउन पनि कफीले मद्दत पूराउँछ । कफीमा हुने तत्वले नष्ट भएको तन्तुको पुननिर्माणमा सहयोग गर्छ । कोषको पुनः वृद्धिमा सघाउँछ र छालामा कोलाजेन फाइबरको तह बढाउँछ । यसका कारण छालाको लचिलोपना बढ्नुका साथै चम्किलो पनि बन्दछ ।

४ ,रक्तसंचारलाई स्वस्थ तथा दुरुस्त बनाउनका लागि समेत कफीले भूमिका खेल्दछ । कफीमा हुने तत्वले रक्तनलीमा रगतको संचारलाई स्वस्थ तवरबाट संचालन गर्न सहयोग गर्दछ जसका कारण छालाका कोषिकामा पर्याप्त अक्सिजन तथा उर्जा पुग्दछ र छाला स्वस्थ बन्दछ ।
-News24Nepal.com