सुस्मिताको पत्रकारलाई धम्की: तेरो बाउको बिहे देखाइदिन्छु’ (भिडियो सहित)

Posted on: July 26, 2017 | views: 525
काण्डै काण्डले डुबाउँदैछ नेपाली चलचित्र

नेपाली चलचित्र पछिल्लो केही बर्षयता फक्रदै छ । चलचित्र क्षेत्रमा पढेलेखेका नायक-नायिकाको आगमन भैरहेको छ ।

चलचित्र निर्माणमा निर्मातादेखि सम्पूर्ण चलचित्रकर्मीले निकै मिहिनेत पनि गरिरहेका छन् । हलमा दर्शकहरुको संख्या पनि बढिरहेको छ ।

धेरै नेपाली चलचित्रले त बलिउड चलचित्रलाई नै विस्थापित गरेका छन् । यसैले, पनि चलचित्र क्षेत्रमा सुखद पलहरुको सुरुवात भैरहेको छ ।

उत्सवः हेलो
सुस्मिताः हेलो
उत्सवः हजुर हजुर
सुस्मिताः को उत्सव हो ?
उत्सवः अ उत्सव बोल्दैछु ।
सुस्मिताः ओइ गधा त कहाँ भन त, म आउँदैछु । 
उत्सवः म स्टार मलमा छु दिदी, भन्नुन । 
सुस्मिताः म आउँदैछु । आज तेरो बाउको बिहे नदेखाइ छोड्दिन, पख न ।
उत्सवः हुन्छ, कतिबजे आउनुहुन्छ । 
सुस्मिताः पर्खिराख त्यहाँ मलाई । कतिबेज होइन, आधा घन्टामा आउँछु । तैले अती निहुँ खोजिस्, आज म तलाइ देखाउँछु । 
उत्सवः हुन्छ, कतिबजे आउनुहुन्छ । 
सुस्मिताः कतिबेज होइन । भागिस् भने फेरि…
उत्सवः कतिबजे आउनुहुन्छ । 
फोन सम्पर्क विच्छेद भयो)

माथि उल्लेख गरिएको संवाद चलचित्र पत्रकार संघका सदस्य समेत रहेका रंग पत्रकार उत्सव रसाइली र नायिका तथा निर्मात्री सुस्मिता केसी विचको हो ।

सुस्मिताले फोन संवादमा आफू आधा घन्टामा उत्सवको अफिसमा आउने र पत्रकार रसाइलीको बाउको बिहे देखाउने भन्दै धम्की दिएकी छिन् ।

फोन संवाद अगाडि नायिका तथा निर्मात्रीले उत्सवको नाम मेन्सेन गर्दै स्टाटस लेखेकी थिइन् । विशेषगरि, उनले चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघले एकसाथ बसेर निर्माता सुनिल रावल र नायिका स्यारोन श्रेष्ठविचको पछिल्लो समय चलिरहेको विवाद मिलाएपछि स्टाटस लेखेकी थिइन् । स्टाटसमा उनले ‘उत्सव बहिनी’ भन्दै सम्बोधन गरेकी थिइन् भने फेरि ‘सरी उत्सव भाइ’ लेखेकी थिइन् । उनै, सुस्मिताले आजै बिहान पत्रकार रसाइलीसँगको च्याटमा ‘यो रसाइली भनेको कुन जातको हो’ भनेर सोधेकी पनि थिइन् ।

सुस्मिताको यो क्रियाकलापको चर्को आलोचना भएपनि उनले पत्रकार रसाइलीलाई फोन गरेरै धम्की दिएपछि विवादले चर्को रुप लिने देखिएको छ । नायिका केसीले अर्की पत्रकार स्वस्तिका चिलवालको नाममा समेत स्टाटस लेख्दै उनीमाथि तल्लो स्तरको भाषा प्रयोग गरेकी छिन् ।

भिडियो सहित