प्रेम-धुन — किशोर पहाडी

Posted on: April 30, 2016 | views: 335

होस्
झगडा होस् ।

कि बेला बेला
सल्लाको रुख झैँ अग्लिएको तिम्रो अभिमानलाई
ठुटो बनाउन सकूँ ।
तिखारेर बनाउन सकूँ
सिसाकलम ।
त्यही सिसाकलमले लेखी पठाऊ
‘हाई’, ‘हेल्लो’ र ‘मिस यू’
सम्बन्धको इनबक्समा
फेरि ।

त्यसैले त
पुराना क्यालण्डरहरू जतनका साथ राखेको छु
दराजको मुनि भागमा ।
यदाकदा पुराना गतेहरू
उफ्रिन थाल्छन्,
तारीखहरू
छटपटाउन थाल्छन् दराजभित्र
र आवाज आउँछ —
भद्र्याक् भुद्रुक् भद्र्याक् भुद्रुक्
भद्र्याक् भुद्रुक् भद्र्याक् भुद्रुक्
मलाई ती आवाजको सङ्गीतमा गीत गाउन फेरि मन भो ।

होस्
झगडा होस् ।