झापाका मोहन घिमिरेलाइ आदिकवि भानुभक्त आचार्य साहित्य रत्न पुरस्कार

Posted on: July 13, 2017 | views: 382

झापा ।

आदिकवि भानुभक्त आचार्य साहित्य रत्न पुरस्कार यसवर्ष झापा अर्जुनधाराका शास्त्रीय छन्दवादी कवि मोहन घिमिरेलाई प्रदान गरिने भएको छ ।

बिर्तामोड –४स्थित ईडन गार्डेन इङ्लिस स्कूलका संस्थापक प्रिन्सिपल मोहन आचार्यले स्थापना गरेको उक्त पुरस्कार ११ हजार रुपैया राशीको रहेको छ । 

७० वर्षीय शास्त्रीय छन्दवादी कवि घिमिरे चार दशकदेखि छन्दमा कलम चलाइरहेको स्रष्टा हुनुहुन्छ । उहाले छन्दमा जलेश्वरधाम नामक कृति प्रकाशित गर्नुभएको छ भने अन्य कृति पनि प्रकाशित भएको पुरस्कार छनौट समितिका संयोजक साहित्यकार विनोद खनालले जानकारी दिनुभयो । 

ईडन गार्डेन इङ्लिस स्कूलका आगामी वार्षिकोत्सव समारोहमा उक्त पुरस्कार प्रदान गरिने विद्यालयका संस्थापक प्रिन्सिपल आचार्यले बताउनुभयो । 

यसअघि उक्त पुरस्कार बाहुनडाँगीका केशवराज खनाल र सुरुङ्गाका मित्रप्रसाद दाहाललाई प्रदान गरिएको थियो ।