मेरै लागि वाँच्नेलाई

Posted on: July 12, 2017 | views: 266

निर्जिव वनी खडा हुन्छु

मलाई छुरा चलाउने लाई

सारा आँशु रित्याइदिन्छू

मेरै लागि रुने लाइ



म आफै छोडि जान्छु

मलाई छोड्न चाहाने लाई

जनम जनम साथ दिन्छु

चोखो माया गाँस्ने लाई


छाती चिरी रगत दिन्छु

दुइ अंजुली थाप्ने लाई

त्यो भन्दानी डवल दिन्छु

मेरो माया साँच्ने लाई


स्वागत गर्छु सधै भरी

मलाई घृणा गर्ने लाइ

जिन्दगी भर खुशी दिन्छु

मेरै लागि वाँच्ने लाई


स्रष्टाः लिला बल्लभ नेपाल,
महारानी झोडा, झापा