प्रलेस नुवाकोटमा नवदीप

Posted on: May 03, 2016 | views: 313

१० चैत, नुवाकोट । प्रगतिशील लेखक सङ्घ नुवाकोटको दोस्रो जिल्ला अधिवेशनले नवदीप अजनवीको नेतृत्वमा आज ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । 

    अधिवेशनले उपाध्यक्षमा बद्रीवृन्द गजुरेल, सचिवमा रामहरि गजुरेल, सहसचिवमा ज्वालामुखी र कोषाध्यक्षमा उमा सिलवाललाई चयन गरेको छ । कार्यसमितिको सदस्यमा जीवन पुडासैनी, पुरुषोत्तम रिजाल, जनक भट्टराई, इश्वर पौडेल, दुर्गा पनेरु, विवेक ढकाल चयन हुनुभएको छ । 

    सम्मेलनले सल्लाहकारमा आरएम डङ्गोल, शिवसुन्दर पुडासैनी, पुरु लम्साल र नवराज अधिकारीलाई चयन गरेको छ । अधिवेशनको उद्घाटन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष डा अमर गिरीले यथास्थितिवादबाट प्रगतितिर लम्कने साहित्य सिर्जना गर्नु नै प्रगतिशील लेखकको जिम्वेवारी भएको बताउनुभएको थियो ।