पत्रकार एवम् साहित्यकार केवलको निधन

Posted on: May 27, 2017 | views: 420

काठमाडौँ ।

पत्रकार एवम् साहित्यकार मेदिनीकुमार केवल 'तिवारी' को ६० वर्षको उमेरमा आज बिहान निधन भएको छ ।


दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्य सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवासमा हिँड्दाहिँड्दै ढल्नुभएका उहाँलाई उपचारार्थ अस्पताल लगेपनि उहाँको निधन भइसकेको अस्पतालले जनाएको छ । 

 

नेपाली, अवधि र हिन्दी भाषामा साहित्य रचना गर्नुहुने केवलले जनकपुरमा विभिन्न पत्रिकाको सम्पादकका रुपमा काम गर्नुभएको थियो । 


केवलका आधा दर्जन कृति प्रकाशित छन् । पछिल्लो पटक उहाँको गुरुङको उद्भव र संस्कृति सम्बन्धी पुस्तक प्रकाशनमा आएको थियो ।


तनहुँको रुपाकोट पुख्र्यौली थलो भएका केवल हाल दाङको लमहीमा स्थायी बसोवास गर्नुहुन्थ्यो । पत्रकार केवलका आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।