'प्रणाम भद्र ज्योतीलाई'-रामकृष्ण गजुरेल 

Posted on: May 03, 2016 | views: 323

हाम्रै निम्ती यहाँ फुटाई पसिना मुठी खटाईदिने
झुल्काईकन लौ ती भद्र ज्योतीले अन्धै हटाई दिने
आफ्नै तर्फ हटाई कर्मविधीले कल्याणकै खातिर
भन्दैछिन स्वाभिमानले यो देशलाई उठ्दैछन् माथितिर ।

सारा ती अतिकष्ठका बोझपनि उल्चेर फालिकन
आफ्नै बुद्धि विवेक विचारहरुले सङलो गराई मन
शिक्षा स्वास्थ्य र रोजगार पाउन् सबैले भनी
यही भक्ति अहिले उदाई जरामा चम्किरहेको छनी ।
रोगी दिन दुखिलाई भित्री मनले गर्दा सर्मपण यो 
फैलेर यहि भद्र ज्योती भुपमा बाँचिरहेछ त्यो । 
गुणज्ञान श्रेय भावका मुलपटे साहित्यको फाँटमा 
उदाईकन भद्र ज्योति तेजिलो त्यो विश्वको माझमा 
टिलपिल भईकन तपतपी यो रसले नेपाल भरिरहोस 
आई विश्व रमाई घटघटी पिउन अमृत बगिरहोस 
आध्यात्मिक गरी चिन्तनत उनको परोपकारि बनी
सबको मन मुटुमा सजेर बसेकी ती सिर्जनाकी धनी
अन्याय जति अत्याचार चिरने दायित्व सम्झीकन
बोकी गौरव गाथा लगाइकन दुःखी रहमा मन 
अहिंसा रोजी कर्मशील देशकी अस्तित्व जोगाउने 
श्रृङ्गारिक छाडी भाव भक्तिभावले यो देश फुलाउने 
नारी हुन जगकी विशाल गुणकी देशकी भक्ति हुन 
निधी र निमुखा लुला र लंगडा उठाउने शक्ति हुन् । 
बोकेर म भित्र राष्ट्र सपना खुब आत्मज्ञानी बनी ।
उत्साहित मनले साहस बटुली बाँधेर सञ्जीवनी
सेवा साहित्यमा दिएको योगदान अमूल्य छ देशमा
दयाका भाव गुणका ज्योतिहरु फैलिएको विश्वमा
लेख्यौनी कति काब्य श्रेयकृतिहरु चिन्ता यहि देशको 
हाम्रै संस्कृतिको र पहिचान देशको हाम्रै भाषा भेषको
साह्रै भावुक भई स्वभाव गतिले यही धर्तिकै माथमा 
लगाई ज्ञानयज्ञ प्रसादहरुनै पुयाइदे हातमा
गर्नेकाम कविनका किर्ती कति कति सम्झेर आफ्नो पन
आत्मैमा सुख शान्ति मिल्ने यसले गर्छिन यहि अर्पण
सोहि जल नै आन छर्किकन लौ गरौ सिऔ अर्चना
उनकै गुण रगानगाई अहिले राखौ यहि दिलमा
धाँउन अब यहि मन बचनले सत्य प्रेमको गाँउमा 
दाता छिन जगकी उदार दिलकी पुगौ सोहि ठाँउमा 
सारा जिवननै मुल तत्व विधिले खम्बा बनोस कर्मको 
तनमन बचनले गरौं पुजन यो सोही सत्य आत्मको 
यस्ता यी गुण जननीका सक्छौं र बर्जन कहाँ 
यी अमर ज्योती हुन कृति पुजिएकी देवता सरीकी यहाँ
पुरै सूर्य समान तेज रुपले चम्कीरहेछ जहाँ 
धन्यवाद ज्योती लाख लाख दिएनी कमै म ठान्छु यहाँ

छ्यौ ज्ञानी मनकी अपार गुणकी सदभावना बाढ्ने
आफ्नै आत्म समान सिउरी मनमा सत्मार्ग देखाउने

छन आज जती कर्म नित्य रुपले चल्दैछ यज्ञ सरी
सारा ती जती देशभक्तहरुमा गदैैै माया बेसरी
सत्भक्ति सदभाव रसामृतलाई लम्काउन भेटाउन
इहि सुधारस घोली घोली अहिले सम्तप्त भेटाउन 

धन्य छो अहिले बस्छौ करजोडी ब्याकुल थियौ 
ठन्डापानी पिएसरी हुन गयौ उनकै अमरवाणीले
भदौको महिमा विचारहरु नै खोज्नु छ सबले यहाँ
लम्कियोस मन शान्तिको शिखरमा हाम्रो सोही ठाँउमा 

अध्यारा जतिछन् ति मान्छे हरमा हटाउने तेज 
अमर ज्योतीमा प्रणाम अहिले चढाउछ कोटीको यहि भद्र

रामकृष्ण गजुरेल 
पिपलटार ५, नुवाकोट