कविता - 'घर भत्काएर रमाउँनेहरू' –वैरागी जेठा

Posted on: March 12, 2017 | views: 311

घर भत्काएर रमाउँनेहरू
गौरव गरिरहेछन्
यतिखेर
वैचारिक गुलाफ च्यातेर
नैतिकता नालीमा फ्याँक्नेहरू
किन गरिरहेछन्
झुण्ड झुण्ड पार्टीका कार्यकर्ताहरू
समय अन्यौल छ
घरको आँगन भत्केर
उजाड बनिरहेको अवस्थामा
पराईको अनुहारमा
चुम्बन गरेर
घर किन भत्काउँछन्
दिनदिन
होलीको खिल्ली उडाएर
पलास्टिकको थैली प्रयोगगरे
परम्पराको नैतिकता हुन्छ
ए ! घर भत्काउँनेहरू
यसरी संस्कृती
रक्षा हुन्छ र ?