कथा : "गल्ति कस्को?" -अरुण जङ्ग पुरी

Posted on: February 20, 2017 | views: 625

"मलाई कुनै गुनासो छैन जिन्दगी संग।" रमेश रक्सिले केहि मातिएपछि भन्न थाल्यो। अनी एक्कासी बलिन्द्र आँशु झार्न थाल्यो। म चहान्थेँ कि उस्ले म संग मायॉं प्रेम को बारे मा कुरा नगरोस्। तर उ रक्सि ले मातिइसकेको थियो। म संग रोक्ने सामर्थ पनी थिएन। सुनेको थिएँ उस्को भर्खरै प्रेम मा बिछोड भएको थियो रे।

म सुत्न लागेको थिएँ आज छुट्टिको दिन भएर। दिन को २ बजेको हुँदो हो रमेश को फोन आयो र भन्यो," धेरै दिन भयो अरुण हाम्रो भेट नभएको आज भेटौँ न है।" म छक्क परेँ किन आज उस्ले फोन गरेर मलाई सम्झियो म त्यति नजीक को पनी थिईन। हाम्रो त्यस्तै साथिहरु को मार्फत बाट दुई/तिन पटक मात्र भेट भएको थियो अनि फेशबुकमा कहिलेकॉंहि म्यासेज आदान प्रदान। मेरो छुट्टि थियो त्यसैले मैले सरल रुप मै हुन्छ भनेर जवाफ दिएँ। उस्ले सोलमारी मा भेटौँ भन्यो ।

म लगभग सोलमारी पुग्न १ घण्टा लाग्ने भएको ले ४ बजे आईपुग्छु भनेर फोन राखेँ। म सोलमरी पुग्दा उस्ले बियर खान शुरु गरिसकेको थियो। म पुग्ने बित्तिकै केहि खुसी भएझैँ गरेर हात मिलायो र मेरो लागी पनी बियर मगायो। हामिले साधारण सञ्चो बिसञ्चो को कुरा बाट गफ शुरु गर्यौँ। पछि उ केहि मात्तिदैँ आएपछि मैले उस्ले मलाई बोलाउनु को कारण थाहा पाएँ। उ केहि समय अगाडी देखी कसैसंग प्रेम सम्बन्धमा रहेछ। केटिको नाम थियो निशा।

निशा संग प्रेम सम्बन्ध मा परेपछि उस्ले फुर्सदको समय सबै निशालाई नै दिन थालेको रहेछ। त्यसैबिच मा साथिहरुले उनिहरुको मतलब गरेन भनेर उस्को संगत छोडेछन्। गफैगफ मा उस्ले धेरै कुरा खोल्यो। उस्का कुरा सुन्दा मलाई यस्तो लाग्यो कि उ शायद मायॉं मा धोका पाएर साहित्यकार बनेको हो। उस्का हरेक वाणिले त्यहॉं साहित्य झल्काइ रहेको थियो। रमेश केहि बढीनै भावबिभल हुन खोज्यो। नेपाली रेष्टुरेन्ट भएको ले दायॉं बायॉं टेबल भरि नेपाली हरु थिए ।

लाग्दैथियो छेउछाउ मा बसेका मान्छेहरु खान र रमाईलो गर्न हैन कि उनिहरु हाम्रै कुरा सुन्न आएका थिए। मलाई केहि अफ्ठेरो लाग्यो र मैले उस्लाई नजिकै को जापानिज रेष्टुरेन्ट मा लिएर गएँ। अझ भनौँ त्यो जापानीज भट्टि थियो। जहॉं कोठामा घण्टि बजाएपछि मात्र वेटरहरुको आगमन हुन्थ्यो नत्र त्यहॉं मान्छे मारेको हल्ला भएपनि कोहि आउँदैन थियो।

हामि त्यो रेष्टुरेन्ट मा पुग्यौँ। पुग्ने बित्तीकै रमेशले फेरि बियर मगायो र हामि खान थाल्यौँ। अब उस्लाई कसैले रोक्न नसक्ने भईसकेको थियो र उस्को प्रेम कहानि मलाई सुनाउन थालेको थियो। आमा ले बच्चालाई गित सुनाए झैँ एकोहोरो।म एकतमास ले सुनिरहेँ।

उनिहरु को भेट फेशबुकमै भएको रहेछ करिब ५/६ महिना अगाडी। रमाईलो गफ गर्दा उनिहरु बिच यस्तो मायॉं बसेछ कि शायद त्यस्तो मायॉ न लैला ले मझनुलाई गरेको थिई,न मुना ले मदनलाई। उ भन्दैथियो, "हामि बिच प्रेम सम्बन्ध राम्रै संग चल्दैथियो। फुर्सदको समय म निशा संगै गफ गरेर बिताउँथेँ,मेरो लागी उन्को म्यासेज वा फोन नआए न बिहान मा सुर्य उदाए झैँ लाग्थ्यो न रात मा सुर्य अस्ताएर चन्द्रमा उदाएझैँ शायद उनलाई पनि त्यस्तै लाग्थ्यो होला।" जसरि एउटि आमाले आफ्नो सन्तान जस्तो भएपनि राम्रो देख्छिन्, उ त्यसैगरी हरेक बियर को चुस्कि संगै आफ्नो प्रेम को गुणगान गाउँदै थियो। मलाई केहि वाक्क अनि केहि उत्सुक्ता पनी लागिरहेको थियो।

मेरो मनलाई दिक्कले भन्दा पनि उत्सुक्ता ले जित्यो र मैले सोधेँ," अनि किन छुट्यो त तिमीहरु को मायॉं प्रेम?" मेरो उत्सुक्ता ले भरिभराउ प्रश्न र बियर ले झन रमेशलाई उक्साए छ क्यार ठुलो स्वर ले "घमण्ड ले" भन्यो। म पुरै अन्जान थिएँ र सोधेँ "कस्तो घमण्ड?"

उ फेरी तिहार मा देउसी खेल्न आउने बालाखाले भट्याउने जसरि भट्याउन थाल्यो," हामि बिच राम्रै संग सम्बन्ध चल्दै थियो। एक दिन म साह्रै ब्यस्त भएँ। तिमीलाई त थाहै छ जापान मा कति ब्यस्त भईन्छ भनेर? काम मा दिनभर ब्यस्त भएँ र कोठा फर्केर थाकेको कारण ले निदाई हालेँ। मैले त्यसदिन उन्लाई फोन गर्न पाईन। शायद मैले म्यासेज फोन नगरेको कारण ले उनी रिसाएकि रहेछिन्। केहि घण्टा को निन्द्रा पछि म ब्युँझिएँ र उन्लाई म्यासेज गरेँ। उन्ले मेरो म्यासेज हेरिनन्।अनि फेरी म आफ्नै काम तिर ब्यस्त भएँ। केहि समयपछि म्यासेज आयो, 'म संग बोल्न पर्दैन।' भनेर। मलाई पनि रिस उठ्यो र मैले पनि बोलाईन। केहि दिन पछि हामि फेशबुकमा पनि ब्लक भयौँ अनि हाम्रो सम्बन्ध पनि यत्तिकै सकियो।"

त्यतिखेर सम्म रातिको ११ बजिसकेको थियो मलाई पनि कोठा फर्किनु पर्ने भएको ले हामिले निक्लने कुरा गर्यौँ। रमेश केहि धेरै नै मातिएको कारण ले मैले उस्लाई ट्याक्सि मा घर पठाईदिएँ अनि म रेल मा फर्किएँ। बाटो मा आउँदा आउँदै सोचेँ आखिर न गल्ति रमेश को थियो न निशा को आखिर गल्ति कस्तो थियो त? दुई जना प्रेमि-प्रेमिका को सामान्य झगडामा आखिर घमण्डले जित्यो अनि सकियो त्यो सम्बन्ध।

#समाप्त