नाट्यकर्मी विष्णुभक्त फुयाँलप्रति श्रद्दाञ्जली स्वरुप दिपक भण्डारीको रचना

Posted on: January 04, 2017 | views: 732

हाँस्नै पर्छ जीन्दगीमा, जती चोट लागे पनी
दुख्ने मुटु दुखिरन्छ्, आफै संग भागे पनी

भन्छन सबै मर्छु म त, चाहेको त्यो नपाएसि
भने जस्तो कहाँ हुन्छ, पाउने ईछ्या जागे पनी

हुने कुरा भई हाल्छ, समय नै ओखती हो
फर्कीदैन हिजो फेरि, संसार नै त्यागे पनी

सबै कुरा कहाँ दिन्छन, चाहे जती मानीसलाई
हातै जोडि फूलपातीले, देउता संग मागे पनी

देखि राम्रो उफ्रिदैमा, जुनलाई छुन सकिदैन
टेक्नु पर्ने धर्ती मै हो, जती फड्को नागे पनी

हिड्दा हिड्दै जान पाए त्यो नै ठूलो मान्नु पर्छ
तेसरी नै जान पाइयोस् जस्ले जे जे चाहे पनि

बैकुण्ठमै बाँस हवस बिष्णुभक्त दाइको पनि
छाडी जानै पर्ने रहेछ जति माया लाए पनि

Dipak Bhandari