'उमा र धर्मशीलाहरू' : वैरागी जेठा

Posted on: April 30, 2016 | views: 286

कविता

उवाको रस पिउँन नपाउँदै
उमा ,धर्मशीलाहरू
मनभित्र हराएकाछन्
विद्रोहको  आरनमा बलिरहेका
विचारका लप्काहरू
विजयका फाँट खोजिरहेथे
हाम्रा पूर्वी रपश्चिमीलेकहरूमा
रकेट बनाउँदा बनाउँदै
सजीलै आउँदैछौँ भन्थे उनीहरू
राता किल्लाहेर्छु
चढिरहेथे वीरहरू ममाथी
युगौँ युगदेखि गुञ्जिरहेका
उमा ,धर्मशीलाहरू
फर्किरहेछन् हाम्रा चौतारीहरू तिर
प्रफुल्लित कवाजहरू
अघिलम्किरहेकाछन्
उमा , धर्मशीलाका सपनाहरू
पर्खिरहेछन् स्पाती मैदानहरू
म कति बग्ने छु
मैदानहरूमा
पिपलका पातहरूले नै भन्ने छन्
खोइ कसरी  फुल्नेछन्
सपनाका फूलहरू
हातबाट हतियार खोसिएकाछन्
मालिकहरूबाट
समीका हाँगाहरूमा झुण्डेर
उमा भुजेलहरू पढ्न थालेको छु
आफूलाई  खुर्केर
मैले कुनैदिन ,आँखा चिम्लीन नपरोस्
धर्मशीलाहरू विलाए भनेर
हाम्रा मानिसहरूले कति बुझ्नेछन्
उनीहरूका सपनाका विचारहरू
यसै भन्न सकिन्न
यतिका  वर्षसम्म
प्रफुल्लित भएर लडिरहेका  योद्धाहरूका कथा
कसले लेख्ने छ ?
किताबका पानाहरू पढेझैँ
मेरो घैँटोमा
शब्दहरू छचल्किएर आउँछन्
अठ्याउँछु स्वरहरू
नेपाली चट्टानहरूझैँ
युगयुगान्तर खप्तै बाँचेका
 विद्रोही चेतनाहरू
हतियार बनाउँदैछन्
भूजेलहरू
वर्गीय दुश्मनहरू
कमिलाको ताँतीझैँ छिरेकाछन्
खोपीहरूबाट
उमा र धर्मशीलाहरूका
मीठा सपनाहरू भत्काउन
हामफालीरहेछन्
सुन्दर घरका छाना भरि
उनीहरूका
युद्धका सुनामीहरूले
हुतिँदै हुत्तिदैँ भागेकाहरू
उमा र धर्मशीलाहरूले बनाएकाबाटामा
पर्खाल लगाउन खोजिरहेछन्
मान्छेका औतारीहरू
धर्मशीलाहरूले
मानवजातिको धेरै गीतगाए
झकझक गराउँदै
शैलुङहरूमा
उनीहरूका अस्त्रहरूले
मेरा स्नायुहरू झंक्रित भइरहन्थे
प्रत्येक दिन
मेरो मुटु ठ्याङ ठ्याङ गर्छ
नयाँ युद्धको
आगो कसले झोस्ने छ
दुर्गन्धित  आजको समाजमा
भक्खरैमात्र
आवाज  सुनि
ज्यूँदै मरेका रहेछौँ हामी
आतुर थिएँ बोल्न
समयले कुलेल्याम ठोक्यो
काँटीझैँ पड्कने मनहुँदाहुँदै
अस्तव्यस्त  भएको घर हेरेर
आँसु  खसाल्दै
मौन रहेँ ।
उमा भन्छिन्
मेरो घरको भविष्य
शहीदका रगतले  लेखिएका छन्
उनी
मर्मस्पर्शी ध्वनी  सुसेल्छिन्
अभिलाषाहरूलाई फक्राएर अग्लिएका छन्
विचारका पहाडहरू
फूलेकाछन् झुलेकाछन्
मानव हृदयहरू
ओहरदोहर  गरिरहेछन्
कीरा जस्तै मान्छेहरू
हाम्रो  घरवरिपरि
स्वीकार्य छैन वर्तमान राजनीति
उमा र धर्मशीलाहरूलाई ।