लेख्दै गएँ -प्रतीक बस्नेत

Posted on: August 11, 2016 | views: 2864
लेख्ने सोख थियो,

लेख्दै गएँ
सोख पाल्दै गएँ
कतै दुखले सिकायो
कतै सुखले त कतै घृणाले
कतै भत् भत् पोल्ने समथर फाँटले
त कतै थर थर काप्ने ठण्डी भेगले
कतै खोट छोप्न
कतै लेखें चोट भुल्न
कतै मुटुका क्रन्धन सब्दमा टाङ्गियो
कहीं खोक्रो मानिस झैं भाव उदाङ्गियो
रोकिएनन भाव
छताछुल्ल पोखिंदै गए
सब्द फुर्दै
अनि जुर्दै गयो
म सोख,
पाल्दै गएँ
म बस् लेख्दै,
लेख्दै गए