यो मायामा रात दिन एक गरिदिन्छु -एलिशा पौड्याल

Posted on: July 21, 2016 | views: 1690

गजल

त्यो आकाश यो जमिन एक गरिदिन्छु
यो मायामा रात दिन एक गरिदिन्छु

दुई ढुङ्गामा ठोक्किन मन छैन अब
छिमेकी भारत चिन एक गरिदिन्छु

चुक्छ अब निशाना ए सिकारी नयन
यो हरिण त्यो संगिन एक गरिदिन्छु

दाजुभाइ छुट्टिए, घर भागबन्डा भो
बाँडिएका छानो दलिन एक गरिदिन्छु

कोर्रा हान्दै लखेट् ए! भाग्य मलाई
दुख्ने मन र मसिन एक गरिदिन्छु

त्यो आकाश यो जमिन एक गरिदिन्छु
यो मायामा रात दिन एक गरिदिन्छु