दिलको बाटो हुँदै पस्ने मान्छे हुनुहुन्छ-एलिसा पौडेल 'एकता'

Posted on: May 02, 2016 | views: 461

दिलको बाटो हुँदै पस्ने मान्छे हुनुहुन्छ
अनि मेरो मुटुमा बस्ने मान्छे हुनुहुन्छ

यसकारण म सधैं मुस्कुराइरहन्छु
म रोए आँसुसँगै खस्ने मान्छे हुनुहुन्छ

हरक्षण म हरपल सम्झना मै हुन्छु
सधैं याद पठाइ डस्ने मान्छे हुनुहुन्छ

खुसीले आफूलाई ममा समर्पण गरि
पिरतिको लतमा फस्ने मान्छे हुनुहुन्छ

धोका दिएर मैले अरु सँगै गएँ भने
आफ्नै मुटुमा छुरा धस्ने मान्छे हुनुहुन्छ