अनेसास नेवरत्न सम्मान भुसाल, बज्राचार्य र लुईंटेललाई

Posted on: July 13, 2016 | views: 485

२९ असार, काठमाडौं ।
अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज 'अनेसास' ले ‘अनेसास नेवरत्न सम्मान’ कलाकार वसुन्धरा भुसाल, डा बेटी बज्राचार्य र लीला लुइँटेललाई प्रदान गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले काठमाडौमा आज आयोजित कार्यक्रममा  २१ हजार रुपैंया राशिसहितको सम्मानबाट स्रष्टालाई सम्मानीत गर्नु भयो ।