तिम्रा यादहरुबाट सुरक्षीत छैन -राई अनु 'पृथक'

Posted on: June 14, 2016 | views: 532

तिम्रा यादहरुबाट सुरक्षीत छैन्
सम्झनामा अब ती अतीत छैन

पानीमा लेखेको अक्षर जस्तै भयो
तिम्रो नाम मसँग  सम्बन्धित छैन्

सम्झिदा नि हाँसो उठ्छ त्यसै त्यसै
पागल प्रेमीहरु बीच अाज प्रित छैन्

कथा जस्तो,नाटक जस्तो भई दियो
मुना-मदनको जस्तो कुनै गीत छैन

तिम्रा यादहरुबाट सुरक्षीत छैन्
सम्झनामा अब ती अतीत छैन