सिक्किमका मुख्यमन्त्रीलाई युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार

Posted on: May 22, 2016 | views: 424

९ जेठ, काठमाडौं ।
प्रधानमन्त्री के।पी शर्मा ओलीले युगकवि सिद्धिचरण श्रेष्ठ पुरष्कार २०७३ बरिष्ठ सहित्यकार एवं भारतको सिक्किम राज्यका मुख्यमन्त्री पवन चामलिङलाई प्रदान गर्नु भएको छ ।

आज काठमाडौंमा आयोजित युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार समर्पण समारोहमा प्रधानमन्त्री ओलीले उक्त पुरस्कार मुख्यमन्त्री चामलिङका प्रतिनिधी विरु बाङ्देललाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री  ओलीले नेपाल कला, सहित्य र संस्कृतिले धनि देश रहेको र नेपाल र नेपाली जनताको मन फराकिलो रहेकाले नै बरिष्ठ सहित्यकार एवं भारतको सिक्किम राज्यका मुख्यमन्त्री चामलिङलाई पुरस्कारका लागि छानौट गरिएकोे बताउनुभयो ।

प्रधानमन्त्री ओलीले युगकवि सिद्धिचरण श्रेष्ठले सिर्जना गर्नु भएको साहित्य जस्तै देशभक्तिको भावना लिएर सरकार अघि बढेको बताउनुभयो ।

कार्यक्रममा संस्कतिविद् सत्यमोहन जोशी लगायतका साहित्यकारहरुले सिद्धचरण श्रेष्ठले  नेपाली साहित्य क्षेत्रमा पु¥याउनु भएको योगदान अतुलनिय रहेको बताउनु भयो ।
युगकवि सिद्धिचरण श्रेष्ठ पुरष्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।