कविता-'गाउँको बाटोको खोजीमा' :वैरागी जेठा

Posted on: May 22, 2016 | views: 444

लटरम्म आँप ,लिचीहरूशोभिएर
खेतका आँठाहरू उक्लिन
निरन्तर आग्रह गरिरहेथे
मेरा खुट्टाहरू लगलग गरिरहे
हराउँदै गएका गोरेटाहरू
अस्ताइसकेका
मलको डोको बिसाउने
धानका बोरा अडेस लगाउँने
कुनै भित्ताहरू थिएनन्
कटुस घारीबाट
चियाएर हेरेँ
कुनै चिजहरू थिएनन्
ह्याकुलेले छरिरहेथ्यो
एउटा विज्ञान
धनञ्जयका बागहरू
कसैले खोसिसकेका
धानका बालाहरू सुनाइरहेथे
आँपका बोटबाट कराइरहेका
ढुकुरहरू
विचार छरिरहेका थिए
भग्नावशेष मेरो गाउँ
लोपहुन आँटेकोमा
थकित भएर रोएँ
परेपानीका थोपाहरू झैँ
जब
पुरानो घर टेकेँ
छरे बिस्कुनझैँ शब्दहरू
मन उम्लियो जोगीखोला
सेराडिलबाट
रातमाटे हानिन्दा
जोगी कतै थिएन
खुल्दुली लागि रह्यो
छक्क परे मेरा नाती नातीनाहरू
मन रोक्दै
पूजाघर तिर दगुरेँ
एकमुठ्ठी माटो समाएर
म फर्कुला भन्दै
हिँडे आफ्नो बाटो
भत्किएका मेरा छरछिमेकीहरूले
मलाई चिन्नै सकेनन्
काकाकाकीहरूले
भाउजु ,बुहारीहरूले हेरीरहे
छोरा ,नातीनातीनाहरू
को त्यो पराइ भनिरहे
रामदल, श्यामदलका बुढीहरू
आँखा उघारीरहेका थिए
डि बगैँचाका आँपहरू
मलाई देखेर हाँसिरहे
मेरो स्वागत
कता कता अमिलो झैँ
बगिरहेथ्यो ।
सपना पनि हैन
त्यो ठूलोगह्रो
मसँगै ओरालो झरिरहेथ्यो
बस्नेत काजीहरूले
कुवा पनि
आजकल साँघुरो भएछ
हामीले सानामा पिउने कुवा
मन धमिलो भयो
आकाशबाट
घनश्याम झरिरह्यो
मन थाम्न कठिन
जोगी खोलाले
मेरो मुख
एकनास नियाले हेरिरह्यो
मकैचउरले
एकाएक
अनुसन्धान गर्नु पर्ने भए छ
मेरा गाई बस्तुहिँड्ने बाटाहरू
कारण पत्तालगाउन सकिरहेको छैन
मैले
सुन्दर फाँटमा
घरहरूले आक्रमण गरिहेछन्
हामीले गाईचराउने
कुशीन्थान पनि
पहाड जस्तै घर लिएर उभिरहेको

हाँस्न सकिन ।