उत्तम शान्ति पुरस्कार सरुभक्तको “बाङ्गाटिङ्गा धर्साहरु” लाई

Posted on: May 21, 2016 | views: 352

८ जेठ, काठमाडौं ।

उत्तम शान्ति पुरस्कारबाट २०७१ सालमा प्रकाशित साहित्यकार सरु भक्तको निबन्ध “बाङ्गाटिङ्गा धर्साहरु” लाई र २०७२ को उत्तम शान्ति पुरस्कार साहित्यकार रामप्रसाद पन्तको कृति ‘अविरल यात्रा’ लाई पुरस्कृत गरिएको छ ।

गतबर्ष भुकम्पका कारण दिन नसकिएकोले यसपाली २ वर्षकै पुरस्कार घोषणा गरिएको उत्तम शान्ति पुरस्कार गुठिले जनाएको छ ।