चन्द्रमा बौलाईरहेछ ! -अरुणजंग पुरी

Posted on: May 03, 2016 | views: 451

_______________
आमा त्यो आकाशमा
मुस्कुराई रहेको चन्द्रमा हेर्नु त!!
टीलीक्क टल्केको
दाँत देखाए झैँ
झलल चम्केको!!
बीदेशीएका छोरा हरुलाई
जीस्काए जस्तो,
कहीले सॉंनो भएर
बिलीन हुँदै
कहीले पुर्ण आकार
लीएर जीस्काऊँदै,
त्यो चन्द्रमा!!

बिदेशीएका छोरा को पिडा बनी
आँशु ले भीज्ने ती सिरानी बनी
आमा बा भेट्ने आशमा
हेर्दैछु म त्यो चन्द्रमा एकोहोरो बनी!!

सम्पती र भविष्यको खोजी मा
यो बिरानो सहरमा
आमाँ को काख को खोजी गर्दै
एक्लै टोलाऊँदै,छट्पटाऊँदै!

तपॉंई ले ऊमालेको खोले समझँदै
आहा,
त्यो गुन्द्रुक र ढीँडो सन्झँदै!
बासी पीज्जा,बर्गर टोक्दै,
KFC का फोटा हाल्दै गर्दा
यो सॉंझ को चन्द्रमा हॉंस्दै गर्दा,

मन मा भक्कानो फुट्छ
अनी कराऊँछु
म एक्लै एक्लै
"ए जुन तँ आज फेरी बौलाईस्?"भन्दै

हो,
आमा
हेर्नुस त घर को छतबाट,
त्यो आकाश मा
मलाई हेर्दै,
एक्लै हॉंसी रहेछ!
"आमा त्यो जुन आज बौलाईरहेछ!!"