अरे अती भयो अब त पार गर्नुपर्छ।
संकट चिर्ने प्रयास लगातार गर्नुपर्छ।
जम्काभेट भै हाल्यो भने बिचार गर्नुस है,
टाढै बस्नु पर्छ अनि नमस्कार गर्नुपर्छ ।
अझै क्षती हुन सक्छ गलत सुचनाले,
सहि जनचेतनाको प्रचार गर्नुपर्छ ।
काल हो उ संग लापरबाही नगरौ,
साबधानीको मापदण्ड तयार गर्नुपर्छ।
बिश्व नै त्रशित भएको यो समयमा,
एकजुट भै महामारी निखार गर्नुपर्छ ।
समुन्द्रबाबु अधिकारी, नुवाकोट ।