अब गाउघर मै बसि आफ्नो हात चलाउने रे !
अदुवा फर्सी मिठा मिठा काक्रा फलाउने रे !!
कोरोनाले सम्झाइदियो आफ्नो देशको महत्वलाइ !
संसारभर आफ्नो गाउको नाम कहलाउने रे !!
आफ्नो काम आफ्नै नाम कसैको अर्डर मान्नु छैन !
सहरिया माफियाको मन जलाउने रे !!
अब गाउमै बसि आफ्नो हात चलाउने रे !!
बाआमा साथ अनि प्रीयसीलाई काखमा !
अब आफ्नो पसिनाले बारि गलाउने रे !!
अब आफ्नै गाउ बसि हात चलाउने रे !!!
-प्रदिप नेपाल
बेल्कोटगढि ०६ नुवाकोट