ईन्जिनियर गणेश कंडेलको नेपाली संगीत क्षेत्रमा आगमन

Posted on: July 30, 2018 | views: 630

१४ साउन, काठमाडौ ।  गीत संगीत क्षेत्र एक यस्तो माध्यम हो जसले मानब मात्र होईन प्रकृतिका हरेक प्राणीको मन जितेको हुन्छ । संगीतले हरेक क्षेत्र अनि हरेक पेशाका मान्छेहरुको मन तानेको हुन्छ । पोखराको बेगनासमा जन्मिएका गणेश कंडेल पेशाले ईन्जिनियर हुन । उनको नेपाली गजल साहित्यमा उच्चतम् खुबि रहेको छ भन्ने कुरा उनको भर्खरै सार्वजानिक भएको

"पैसा मात्र तिरि पाउने सुन होईन माया,
औंसी सगै बिलाउने त्यो जुन होईन माया" 
गजलले प्रष्ट पारेको छ ।
प्रस्तुत गजलमा आवाज र संगीत भने अहिलेका चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमको रहेको छ भने उक्त गजलमा एरेन्ज भने कृष्ण बिकले गरेका छन् ।
नेपाली गजलमा बिल्कुलै फरक शैली अपनाउने गायक थानेश्वर गौतम गजलकार गणेश कंडेलको पहिलो रोजाईमा परे ।
उक्त गजलको भिडियो हालै सार्वजानिक गरिएको छ । जसमा वास्तबिक गजल गायन शैलीलाई प्रयोग गरि भिडियो सम्पादन गरिएको छ यो भिडियोमा क्यामरामा राजन केसी र ईश्वर बाबू रहेका छन भने भिडियो सम्पादन राजन केसीले गरेका छन उक्त भिडियो निर्देशन गायक थानेश्वर गौतमले गरेका छन् भने जननी नेपालले यो गीत बजारमा ल्याएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।