चीनले युद्धको चेतावनी दिएपछि भारतले डोकलामबाट रातारात सेना फिर्ता गर्यो

Posted on: August 03, 2017 | views: 802

एजेन्सी ।

चीनले युद्धको चेतावनी दिएपछि भारतले विवादास्पद डोकलाम क्षेत्रबाट उसका सैनिक रातारात फिर्ता गरेको छ ।


चीनसँग जोडिएको भुटानको सिमामा सेना पठाएर चीनसँग युद्ध बिवाद निम्त्याएको भारतले चीनले अबपनि तत्काल भारतले सेना फिर्ता नगरे ठूलो क्षति बेहोर्नुपर्ने अन्तिम चेतावनी जारीगरेपछि उसको सेना फिर्ता गरेको हो ।


भूटानको भूमि भएरपनि आफुलाई खतरा उत्पन्न हुनसक्ने भन्दै अघि बढेर डोकलाम क्षेत्रमा १८ जुनदेखि सेना र हतियार थुपारेर शक्ति प्रदर्शनको प्रयास गरेको भारतले चीनसँग दुस्मनी लिन खोजेपछि यो क्षेत्रमा युद्धको सन्त्रास बढ्न थालेको थियो ।


चीनले आफ्नो भूमिमा सडक निर्माण गरेकोमा अवरोध गर्दै भारतले सेना पठाएपछि चीन भारत बिरुद्ध क्रुद्ध बनेको थियो ।

चीन सरकारका अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ मिडियाहरुले हाल सो क्षेत्रमा केवल ४० जना मात्र भारतीय सेना रहेको र सयौं सेना भारतले रातारात फिर्ता गरेको बताएका छन् ।


चीनले आफ्नो भूमि रक्षाका लागि जस्तोसूकै कदम उठाउन सक्ने भन्दै भारतलाई तत्काल उसका सेना फिर्ता गर्न चेतावनी दिएको थियो ।


१५ पृष्ठ लामो दस्तावेज जारी गर्दै चिनियाँ विदेशमन्त्रालयले भनेको छ, ‘डोंग लाङ्ग’ 'डोकलाम' क्षेत्रमा सुरुमा ४०० भारतीय सैनिक रहेकोमा हाल घटाएर ४० मा सीमित गरिएको छ । भनेको छ ।  ‘१६ जुन २०१७मा चीनले डोंग लाङ्ग क्षेत्रमा सडक बनाइरहेको थियो । १८ जुनमा २७० भन्दा बढी भारतीय सैनिक हतियार र बुल्डोजरसहित सिक्किम सेक्टरबाट सीमा क्षेत्रमा आए । भारतीय सेना सडक बनाउने काममा अवरोध गर्न चिनियाँ क्षेत्रको १०० मिटरसम्म प्रवेश गरेका थिए । एक समय त्यहाँ भारतीय सैनिकको संख्या ४०० पुगेको थियो ।’


तर भारतले भने ६ सातादेखि सो क्षेत्रमा आफ्नो ३ सय ५० सैनिक तैनाथ रहँदै आएको दावी गरेको छ । यहाँसम्मकी भारतले रातारात चीनको चेतावनीपछि उसका सेनालाई पछि हटाएपनि यसलाई अस्विकार गर्दै भारतीय मिडियामा चीन बिरुद्ध भारतीय जनतालाई उकास्दै झुठो प्रचार गर्दै आएको छ