इराकमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २९ जनाको मृत्यु 

Posted on: May 02, 2016 | views: 185

१३ चैत, एजेन्सी । इराकमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । बग्दादको दक्षिणी क्षेत्रमा रहेको इसकन्दरिया बजारको फुटबल स्टेडियममा फुटबल खेल सकिए लगत्तै बम विस्फोट गराइएको थियो । विस्फोटनमा परि अन्य ६० जना घाइते भएको वीववीसीले जनाएको छ ।

फुटबल खेल सकिएपछि ट्रफी वितरण भइरहेका बेला आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराएको थियो । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । इराकको उत्तरी तथा पश्चिमी क्षेत्रको ठूलो भूभाग नियन्त्रणमा लिएको आइएसले शिया समुदायलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।