आईएसआईमा भर्ती हुन जान लागेका जापानी पक्राउ

Posted on: May 02, 2016 | views: 315

११ चैत, एजेन्सी ।
अतिवादी मुश्लिम संगठन आइएसआई अर्थात् ईश्लामीक स्टेटको सेनामा भर्ती हुन जान लागेका एक जापानी युवा पक्राउ परेका छन् ।

टर्कीको सुरक्षा निकायका अनुसार २४ बर्षीय ति युवा टर्कीबाट पक्राउ परेका हुन् । उनि सिरिया तर्फ छिर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । सिरियाको आधा बढी भूभागमा आइएसको नियन्त्रण वा प्रभावमा रहेको छ ।

टर्कीस अधिकारीहरुले उल्लेख गरे अनुसार गाजियनटेप राज्यको कार्कामिस जिल्लाबाट सीमा पार गरेर स्लामिक स्टेटको नियन्त्रणमा रहेको शहर जाने क्रममा उनि पक्राउ परेका हुन् ।

नाम नखुलाइएका ती जापानी युवालाई टर्कीस सुरक्षा निकायले एमएम नाम दिइएपनि वास्तवीक परिचय खुलाएको छैन ।

विभिन्न श्रोत र अनुसन्धानका क्रममा ति युवा विभिन्न सामाजिक सञ्जाल प्रयोग गरि सम्पर्क गरेर स्लामीक स्टेटमा भर्ती हुन गएका थिए ।

सन् २०१५ मा दुई जापानीको घाँटी रेटेर हत्या गरेको स्लामीक स्टेटले गत बर्ष बंगलादेशमा एक जापानीको हत्या गरेको थियो ।

यसैबिच टर्कीस अधिकारीहरुले दिएको जानकारीपछि जापानी दूतावासले घटना बारे जानकारी आएपनि पुर्ण विवरण आइनसकेको भन्दै ती जापानी युवाबारे बुझ्ने काम भइरहेको बताएको छ ।

टर्कीस अधिकारीहरुले भने थप अनुसन्धानपछि ति जापानीलाई जापानी अधिकारीहरुसमक्ष सुम्पने बताएका छन् ।

आतंकवादी हमलाको शिकारमा नपरेको देश जापानमा जापानी युवा आइएस लडाकुमा भर्ती हुन गएको खवर पछि जापानी समुदाय शसंकीत बनेको छ ।
पेरिस र ब्रसेल्स आक्रमणपछि आन्तरिक सुरक्षामा व्यापक चनाखो बनेको जापानमा जापानी नै आइएसमा भर्ती हुन गएको खवर पछि थप सुरक्षा सतर्कता बढाइने ठानिएको छ ।