५० को मृत्युपछि ब्रसेल्स विमानस्थल बिहीबार पनि बन्द

Posted on: May 02, 2016 | views: 234

११ चैत, एजेन्सी ।
आतंकवादी बम हमलामा परि कम्तिमा ५० जनाको मृत्यु र सय बढी गम्भिर घाइते भएपछि बन्द भएको बेल्जियमको बिमानस्थल बिहिबार पनि बन्द रहेको छ ।

साथै चीन भ्रमणको पूर्व निर्धारित बेल्जियमका प्रधानमन्त्रीको भ्रमण समेत रद्द भएको छ ।
ब्रसेल्स विमानस्थल र मेट्रो स्टेशनमा हमलापछि बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले यसअघि तय भएको चीन भ्रमण रद्द गरेका छन् ।

विमानस्थल र एक मेट्रो स्टेसनमा छुट्टाछुट्टै विस्फोट भएपछि ब्रसेल्स विमानस्थल बन्द रहँदै आएको छ ।

बम हमलाकारीको तस्विर सहित छानविन भइरहेपनि हमलाकारी पक्राउ पर्न सकेका छैनन भने स्थिती पुर्ववत अवस्थामा ल्याउन सुरक्षाकर्मीहरुले प्रयत्न गरिरहेका छन् ।

विमानस्थलका प्रमुख कार्यकारी अधिकृत अरनाउद फेइस्टलाई उदृत गर्दै बिबिसिले उल्लेख गरे अनुसार आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

मंगलबार भएको बम हमलापछि बुधबारदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । शोक स्वरूप राष्ट्रिय झण्डा आधा झुकाएको छ ।