साउदीका नयाँ युवराजाधिराजको किम कार्दासियनसँग रात बिताउन १ अर्बको अफर, एक रातमा उडाए ८२ करोड..

Posted on: June 23, 2017 | views: 771

एजेन्सी 


साउदी अरबका राजा सलमानले युवराजाधिराज र आफ्ना भतिजो मोहम्मद बिन नायेफ '५७' लाई उनको पदबाट हटाएका छन् ।

राजाले उनको सट्टा आफ्ना ३१ वर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशका नयाँ युवराजाधिराज घोषणा गरेका छन् । युवराजाधिराजलाई यससँगै देशका प्रधानमन्त्री पनि बनाइएको छ । योभन्दा अघि उनले उप–प्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए ।


मिडिया रिपोर्ट अनुसार युवराजाधिराज मोहम्मदलाई दुई वर्ष पहिलेसम्म कसैले चिन्दैनथे । यद्यपी, बुवा राजा बनेपछि उनले निकै तीब्र रुपमा देशको सत्तामा आफ्नो पकड जमाएका छन् ।


क्राउन प्रिन्स सलमान आफ्ना परिवारका अन्य सदस्यजस्तै विलासी जीवनशैलीका निकै शौखिन छन् । उनले केही समय अघि एक सुपर लक्जरी याच 'डुङ्गा' खरिद गरेका थिए जसका कारण उनी मिडियामा चर्चित भएका थिए । उनले एक रातको पार्टीका लागि करोडौं रकम पनि खर्च गरिसकेका छन् ।


तीन अर्ब डलरको सम्पत्तिः


युवराजाधिराज मोहम्मद बिन सलमान साउदी शाही परिवारका शीर्ष १० धनीमा समावेश छन् । ‘द टप रिचेस्ट’ नामको वेबसाइट अनुसार उनको कूल सम्पत्ति करिब तीन अर्ब डलर छ ।


सलमान इकोनोमिक काउन्सिल एण्ड डेभलपमेन्ट अफ साउदी अरबका प्रमुख पनि हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनको पहिलो विदेश भ्रमणमा साउदी अरब बोलाउनुमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।


एक रातमा रित्ताए ८२ करोडः


युवराजाधिराज मोहम्मदले केही वर्ष पहिले माल्दिभ्समा आफ्नो जन्मदिनको पार्टी आयोजना गरेका थिए । मिडिया रिपोर्ट अनुसार एक रातको पार्टीका लागि सलमानले ८० लाख डलर '८२ करोड रुपैयाँ' रित्ताएका थिए ।


उक्त पार्टीमा पिट बुल, जेनिफर लोपेज र शकिराजस्ता सेलिब्रिटीलाई बोलाईको थियो । साथै, गेंगनम स्टाइल फेम पिएसवाई पनि उक्त पार्टीमा उपस्थित थिए । उनले उक्त पार्टीमा छिमेकी देशका थुप्रै युवराजाधिराज र चर्चित हस्तीलाई आमन्त्रण गरेका थिए ।