बेल्जियम बम हमलामा मृत्यु हुनेको संख्या ३१ पुग्यो (फोटो/भिडियो)

Posted on: May 03, 2016 | views: 329

९ चैत, एजेन्सी ।

बेल्जियमको राजधानी ब्रसेल्सको बिमानस्थल र रेलमा भएको बम हमलामा परि मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

बेल्जियम सरकारले औपचारिक रुपमा मृत्युहुनेको संख्या ३१ पुगेको भन्दै दुखद आतंकवादी बम हमलामा परि थप ८१ जना गम्भिर घाइते भएको जनाएको छ ।

अधिकारीहरुलाई उदृत गर्दै अलजजिरा अनलाईनले उल्लेख गरे अनुसार बिमानस्थलमा भएको बम आक्रमणमा परि १३ र सुरुगं मार्गको रेलमा भएको बम हमलामा परि १७ जनाको मृत्यु भएको छ ।

................

बेल्जियमको राजधानी ब्रसेल्समा बिमानस्थल र रेलमा भएको शक्तिशालि बम विस्फोटमा परि मृत्युहुनेको संख्या १३ पुगेको छ ।

................

बेल्जियमको राजधानी ब्रसेल्सको व्यस्त बिमानस्थल र रेलमा दुई शक्तिशालि बम विस्फोट हुँदा मृत्युहुनेको संख्या ५ पुगेको छ ।

स्थानिय समय अनुसार बिहान ८ बजेको समयमा भएको बम विस्फोटमा परि घटनास्थलमै ५ जनाको मृत्यु भएको हो ।

बम विस्फोटमा परि अन्य ३० बढी गम्भिर घाइते भएको बेल्जीयमको अनलाई डिरेडिएक्टाई.बिइले उल्लेख गरेको छ ।
...................

बेल्जियमको राजधानी ब्रसेल्सको व्यस्त बिमानस्थलमा दुई शक्तिशालि बम विस्फोट भएको छ ।

केहीबेर अघि भएको दुई बम विस्फोटमा परि कम्तिमा एकजनाको मृत्यु र दर्जनौं व्यक्ति गम्भिर घाइते भएका छन् ।

शक्तिशाली विस्फोटको स्पष्ट विवरणहरु बाहिर नआइसकेपनि विस्फोटमा एकजनाको मृत्यु र १७ बढी व्यक्ति गम्भिर घाइतेभएका छन् ।

जाभेन्तेम विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका छन् ।

विविसीले बिमानस्थल भित्रै बम विस्फोट भएको र बिमानस्थल तत्काल बन्द गरेर सबै उडान रद्द गरिएको उल्लेख गरेको छ ।

विस्फोटको जिम्मा र के मा वा आत्मघाती विस्फोट भएको स्पष्ट खुलीसकेको छैन । बल्सेल्स प्रहरीले उक्त स्थान वरपर सिल गरेर अनुसन्धान र व्यापक खानतलासी थालेको जनाएको छ ।