लण्डनको गगनचुम्बी भवनमा यसरी भीषण आगलागी भइरहेको छ (फोटो/ लाईभ भिडियो)

Posted on: June 14, 2017 | views: 811

एजेन्सी ।

लण्डनको ल्याटिमेरमा रहेको टावर ब्लकमा भीषण आगलागी भएको छ ।


आगलागीमा परि ४ जना गम्भिर घाईते भएका छन् भने ३० बढीको उपचार भइरहेको छ ।


बेलायती समाचार संस्थाहरुले कयौं व्यक्ति आगो बलिरहेको भवनमा फसेको प्रत्यक्षदर्शीहरुले बताएको उल्लेख गरेका छन् ।

 


ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको बताइएको छ ।




२ सय बढी अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि असफल भएपछि भवन अहिले पूर्णरुपमा बलिरहेको छ ।




भवन जलेपछि ढल्न सक्नेभन्दै वरपरसमेत सचेत बनाइएको छ ।




प्रहरीले भवन कुनैपनि बेला ढल्न सक्ने भन्दै १ सय २० परिवारको बसोबास रहेको भनिएको उक्त भवन अथक प्रयासका बिच आगो नियन्त्रणमा लिन नसकेको बताएको छ ।