दुबइको ६३ तले होटलमा आगलागी

Posted on: May 03, 2016 | views: 267

एजेन्सी,पुष १७ । दुबइ स्थित एक पाँच तारे होटलमा बिहिबार बेलुका आगलागी भएको छ। नयाँ वर्षको स्वागत उत्सव चलिरहँदा होटलमा आगोलागी हुँदा १६ जना घाइते भएका छन् । ६३ तला अग्लो होटलको २० औँ तलामा आगलागी भएको हो ।  

विश्वकै अग्लो भवन बुर्ज खलिफा अगाडीको होटलमा लागेको आगोले मानवीय क्षति भने भएको छैन । मध्यरातमा नयाँ वर्षको स्वागतको लागि आतिशबाजी गर्ने योजना गरेको थियो।   बिबिसीका अनुसार के कारण आगोलागि भयो भन्ने एकिन हुन सकेको छैन ।