जापानमा ९० प्रतिशत महिला महिला हिंसाको शिकार

Posted on: May 03, 2016 | views: 280

८ चैत, टोक्यो ।
जापानमा पछिल्लो बर्ष महिला हिंसाका घटना बढेको पाइएको छ ।

यहाँको राष्ट्रिय प्रहरीले सार्वजनिक गरेको तथ्याङ अनुसार जापानमा घरेलु हिंसामा अघिल्लो वर्ष २०१५ मा ६३१४१ को तुलनामा यो वर्ष ६.९ प्रतिशतले वृद्धि भएको हो ।

प्रहरीका अुनसार तथ्याङक सम्बन्ध विस्तार कानुनको आधारमा भएको घटनाहरुमा आधारित रहेको छ ।

एजेन्सीको रिपोटमा उल्लेख गरे अनुसार ९० प्रतिशत महिला जापानमा घरेलु हिंसामा पर्ने गरेका छन् ।

घरेलु हिंसामा पर्नेहरु मध्ये ७० प्रतिशत विवाहीत महिलाहरु पर्छन् ।

जापानमा अविवाहित जोडीहरु घरेलु हिंसामा पर्ने गरेका हुनाले २०१४ मा जापानले घरेलु हिंसा व्यवस्थामा संशोधन गरेको थियो ।

हिंसा सम्वन्धि कानुनमा संशोधन पछि जापानमा घरेलु हिंसामा परेकाहरु मध्ये ७९१४ जनालाई घरेलु हिंसा विरुद्धको मुद्धामा सरकारी वकिलको व्यवस्था दिईएको बताइएको छ ।