म्याक्रोन बने फ्रान्सका राष्ट्रपति

Posted on: May 08, 2017 | views: 361

एजेन्सी ।

३९ वर्षीय युवा एमानुएल म्याक्रो फ्रान्सको राष्ट्रपतिमा बिजयी भएका छन् ।


आफ्नो प्रतिद्धन्द्धी भन्दा दोब्बर अर्थात् ६६.०६ प्रतिशत मत पाएका माक्रोले दक्षिणपन्थी म्यारिन पेनलाई पराजित गरेका हुन् । पेनले केवल ३३.९४ प्रतिशत मत पाएकी छन् ।


राष्ट्रपतिमा निर्वाचित भएपछि म्याक्रोनले युरोपेली संघ र आफ्नो देशबासीबीच सम्पर्क पुनस्थपित गर्ने बाचा गरेका छन् ।

युरोपको प्रमुख साझेदार बेलायतले युरोप छाडेपछि युरोपको अर्को प्रमुख सदस्य फ्रान्समा को नेतृत्वमा आउँछ भने महत्वका साथ हेरिएको थियो ।


लगातारको बेराजगारी समस्या, भर्खर आर्थिक मन्दीबाट उकालो लाग्दै गरेको अवस्था साथै आप्रवासी समस्या र लगातारको आतंकवादी आक्रमणमा परेको फ्रान्समा बिजयी भएका म्याक्रोंले अमेरिकासँगको सम्वन्धलाई मजबुद बनाउँदै अघि लैजाने बताएका छन् ।


अहिलेनै कस्तो मोड लेला भनेर यकिन गर्न नसकीएपनि युवा राष्ट्रपतीको रुपमा बिजयी भएका माक्रोंले केही नयाँ योजना र बिपक्षीलाई समेत समेटेर आर्थिक मन्दीबाट उकासिँदै गरेको मुलुकलाई पार लगाएर युरोपेली युनियनलाई मजबुद बनाउने विश्वास फ्रान्सका जनताले गरेका छन् ।