सन् २०३० सम्म हरितगृह ग्यास २६ पतिशत कटौति गर्ने जापानको योजना

Posted on: May 03, 2016 | views: 231

४ चैत, टोक्यो ।

हरितगृह ग्याँसका कारण विश्व पर्यावरणनै संकटमा पर्दै गइरहेको बेला जापानले भने यस्तो ग्याँस कटौति गर्ने महत्वाकाँक्षी योजना सार्वजनिक गरेको छ ।

हरिग्याँस उत्सर्जन गर्ने प्रमूख राष्टको रुपमा रहेको जापानले सन् २०१३ को तुलानमा सन् २०३० सम्ममा जापानको हरितगृह ग्यास उत्सर्जनमा २६ प्रतिशत कटौती गर्ने योजना सार्वजनिक गरेको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले जलवायु परिवर्तनको मुद्धा जापानको प्रमुख प्राथमिकतामा रहेको बताउँदै यस्तो योजना सार्वजनिक गरेका हुन् ।

जापानले सन् २०५० सम्ममा ८० प्रतिशत हरित ग्याँस उत्सर्जन कटौती गर्ने लक्ष्य समेत तय गरेको छ ।

जलवायुजन्य जोखिम न्युन गर्न तथा अनुकूलका कार्यक्रम सञ्चालन गर्न विकासोन्मुख राष्ट्रले डिसेम्बरमा पेरिसको अन्तराष्ट्रिय कार्यक्रममा सहभागी भई जापानले गरेको सम्झौतालाई सर्हाना गर्दै जापानले यस्तो योजना अघि सारेको हो ।

जापानको मन्त्रीपरिषदले तापक्रम वृद्धिको मुद्धालाई प्रमूख मुद्धाको रुपमा हेरेको जापानका प्रधानमन्त्री सिन्जो आवेले मन्त्री परिष्दको बैठकमा बताएका छन् ।

आवेले मन्त्रीपरिषदलाई जापानले हरितगृह ग्यास उत्सर्जनमा चालेको कदमलाई समयमा पुरा गर्न निर्देशन दिंदै जापान आफ्नो निर्णय र प्रतिवद्धतामा अडिक रहेको बताएका छन् ।