ओबामाद्वारा न्यायाधीशमा गारल्याण्ड सिफारिस

Posted on: April 29, 2016 | views: 224

एजेन्सी,चैत ४ । अमेरिकी राष्ट्रपति बराक ओबामाले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा पुनरावेदन अदालतका वरिष्ठ न्यायाधीश मेरिक गारल्याण्डलाई सिफारिस गरेका छन्। गत महिना न्यायाधीश एन्टोनियो स्कालियाको निधन भएपछि उक्त पद रिक्त भएको थियो। सिफारिसमा परेमा ६३ वर्षीय गारल्याण्डलाई एकजना मध्यमार्गी र वरिष्ठ रिपब्लिकनहरुबाट पनि प्रशंसा बटुलेको न्यायाधीशको रुपमा हेरिएको छ ।

राष्ट्रपति ओबामाले गरेको सिफारिसलाई अब सिनेटले अनुमोदन गर्नुपर्ने हुन्छ तर बहुमत रिपब्लिकनहरुले अनुमोदनका लागि हुने मतदान प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। रिपब्लिकनहरुले सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गर्ने काम ओबामाले आउँदो नोभेम्बरमा निर्वाचित हुने नयाँ राष्ट्रपतिलाई छोड्नुपर्ने बताउँदै आएका छन्।

९ जना न्यायाधीश रहने अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीश एन्टोनियो स्कालियाको निधनसँगै अहिले चाररचार जना उदारवादी र रुढिवादी न्यायाधीश छन्। सर्वोच्च अदालतमा हाल रिक्त रहेको न्यायाधीश पद अमेरिकी राष्ट्रपतीय चुनावी अभियानको एउटा महत्वपूर्ण मुद्दा बनेको छस कारण गर्भपतन, आप्रवास र जलवायु परिवर्तन लगायतका महत्वपूर्ण विषयमा अन्तिम निर्णय सर्वोच्चले सुनाउँछ।

ओबामाले वासिङटन पुनरावेदन अदालतका मुख्य न्यायाधीश र पूर्व सरकारी अभियोजनकर्ता समेत रहेका गारल्याण्डले डेमोक्रेटिक र रिपब्लिकन दुवैबाट सम्मान पाएको व्यक्ति भएको बताएका बिबिसी डटसिओ डट युकेमा समाचार छ । ह्वाइट हाउस रोज गार्डेनमा गारल्याण्डलाई सिफारिस गरेको घोषणा गर्दै ओबामाले लामो सार्वजनिक सेवाका क्रममा उनको शालीनता, इमानदारी र निष्पक्षताको प्रशंसा गरे।
उनले गारल्याण्ड एकजना उदाहरणीय न्यायाधीश भएको समेत उल्लेख गरे।