अमेरिकी सैनिकद्धारा जापानी महिला बलात्कार, ब्यापक बिरोध प्रदर्शन

Posted on: April 30, 2016 | views: 373

२ चैत, टोक्यो ।
जापानमा बदनाम र व्यापक बिरोधका बिच रहँदै आएको अमेरीकी सैनिक बेसक्याम्प फेरी बिवादमा आएको छ । यस्तो विवाद आएको हो प्रहरीले आइतबार जापानी महिलालाई बलात्कार आरोपमा अमेरिकी सैनिक पक्राउ गरेपछि ।

जापानको ओकिनावामा जापानी महिलालाई बलात्कार गरेको आरोपमा जापानी प्रहरीले एक अमेरिकी सैनिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जापानी महिला बलात्कार गरेको भनिएका जस्टिन कास्टिलियानोसलाई पक्राउ गरिएको छ । २४ वर्षीय जस्टिन अमेरिकी सैनिक हुन ।

जापानी समाचार माध्यमहरुका अनुसार ४० बर्षीया जापानी महिला र ति अमेरीकि सैनिक ओकिनावा शहरको नेहामा एक होटलमा बसेका थिए । प
होटलको कोरिडोरमा हिँडिरहेको बेला कोठामा लगेर बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् । तर अमेरीकी सैनिकले भने आरोप स्विकार गरेका छैनन् ।

दोस्रो विश्वयुद्धपछि जापानको ओकिनवामा अमेरिकी सैन्य अखडा जर्वजस्ती राखिंदै आएको छ ।
जापानमा यसको व्यापक बिरोध भइरहेपनि जापान सरकारले त्यसलाई हटाउन सकिराखेको छैन भने अमेरिकी सैनिक पनी ब्यापक बिरोधका बिच जापानी भूमिमा अखडा जमाएर बसिराखेको छ ।

अमेरिकी सैनिकले जापानी महिलालाई बलात्कार गरेको विरुधमा हालै जापानको ओकिनावामा विरोध प्रदर्शन भएको छ ।

जापान सरकारका मुख्य सचिव योशिहिदी सुगाले घटना दुखद भएको भन्दै अमेरिकी सैनिकको यो कार्य प्रति भत्सर्ना गरेका छन् ।

ओकिनावाका गभर्नर ताकेशी ओनागाले बलात्कार घटनाको भत्सर्ना गर्दै यो घटना सहन नसक्ने खालको अक्षम्य अपराध भएको भन्दै बिरोध जनाएका छन् ।