टर्कीस एयरलाइन्सको विमान दुर्घटना हुँदा १६ को मृत्यु

Posted on: January 16, 2017 | views: 243

एजेन्सी ।
टर्कीस एयरलाइन्सको कार्गो विमान किर्गिस्तानमा दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

बोइङ ७४७ विमान किर्गिस्तानको राजधानी बिशकेक बाहिर मानस एयरपोर्टको नजिक होम्समा दुर्घटना भएको बताइएको छ ।

मानस किर्गिस्तानको मुख्य विमानस्थल हो ।

विमान दुर्घटनाको कारण थाहा हुन नसकेको र बिमान रहेका सबैको मृत्यु भएको टर्किस एयरलाइन्स अधिकारीहरुले पुष्टि गरेका छन् ।