सार्मथ्य भए आक्रमण गरेर देखाउन उत्तर कोरियाद्वारा अमेरिकालाई चेतावनी

Posted on: May 02, 2016 | views: 365

३० फागुन, एजेन्सी ।
उत्तर कोरियाले सार्मथ्य भए आक्रमण गरेर देखाउन अमेरिका सहित दक्षिण कोरियालाई चेतावनी दिएको छ ।

उत्तर कोरियाद्वारा वासिङ्टन तथा सिओलले संयुक्त रुपमा हवाई अभ्यास गरेकोप्रति प्रतिक्रिया दिँदै धम्कीपूर्ण भाषामा यदि उनीहरूको सार्मथ्य भएमा कोरियाली प्रायद्वीपमा आक्रमण सुरु गर्न चेतावनी दिएको हो ।

    उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी 'केसिएनए' ले उत्तरकोरियाली सेना प्रमुखहरूद्वारा जारी गरिएको वक्तव्यमा आवश्यक परेमा प्योङयाङले अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासबाट आफू नतर्सिने जनाएको छ ।

    उत्तरकोरियाले अमेरिकी संयुक्त सैन्य आक्रमणको प्रतिवाद गर्दै सिओलगायत सम्पूर्ण कोरियाली प्रायद्वीपलाई मुक्त गर्ने बताएको छ ।

    उत्तरको चेतावनीको प्रतिवाद गर्दै दक्षिण कोरियाको रक्षामन्त्रालयले सैन्य अभ्यास नियमित भएको जनाउँदै यसबाट थप उत्तेजित नहुन सुझाव दिएको छ । रासस÷एएफपी
०७–    राष्ट्रसङ्घ प्रतिनिधिलाई सिरियाली राष्ट्रपतीय निर्वाचनबारे बोल्न अधिकार छैन ः सिरियाली विदेशमन्त्री

दमासकस ९सिरिया०, २९ फागुन । सिरियाका विदेशमन्त्री वालिद मौलेमले संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिलाई सिरियाली राष्ट्रपतीय निर्वाचनबारे बोल्ने अधिकार नभएको शनिबार बताउनुभएको छ।

द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकमा पछिल्लो समयमा शान्तिवार्ताको प्रसङ्ग उठिरहेका बेला विदेशमन्त्रीको यस्तो भनाइ आएको छ । यसलाई विश्लेषकहरूले विभिन्न कोणबाट टिप्पणी गरेका छन् ।

विदेशमन्त्री मौलेमले नत राष्ट्रसङ्घका प्रतिनिधि स्टेफेन डे निस्टुरा न अन्य कुनै विदेशीलाई सिरियाको निर्वाचनबारे बोल्ने अधिकार छैन, यो त केवल सिरियाली नागरिकको अधिकार क्षेत्रभित्रको कुरा हो, मौलेमले दमास्कसमा एक पत्रकार सम्मेलनमा बताउनुभयो ।