दुई किशोरीले बनाएका थिए फ्रान्स बम हमलाको योजना

Posted on: May 02, 2016 | views: 397

३० फागुन, एजेन्सी ।
फ्रान्सका दुई किशोरीले पेरिस हमलाको योजना बनाएको खुलाशा भएको छ । फ्रान्सको न्यायिक निकायलेनै शनिवार हमलाको योजनाकार दुई किशोरी भएको बताएको हो ।

सरकारी अधिकारीहरुका अनुसार पन्ध्र र सत्र वर्षका उनीहरूले फेसबुकमा आफूहरूले सन् २०१५ को नोभेम्बरमा बाटल्कन कन्सर्ट, रेस्टुराँ तथा फुटबल रङ्गशालामा गरिएको जस्तै खलको हमला गर्न चाहेको फेसबुक च्याटमा कुरा गरेका थिए ।

किशोरीहरूलाई बुधबार पक्राउ गरी आतङ्कवाद विरोधी न्यायाधीश समक्ष शुक्रबार उपस्थित गराइएको थियो ।

दुई जना अन्य किशोरीहरूले पनि उनीहरूसँगै यस्तै फेसबुक संवाद गरेको आरोपमा नियन्त्रणमा लिइएपनि उनीहरूलाई कुनै सजाय बिना रिहा गरिएको छ ।

पेरिसका न्यायाधिकारीहरूले आक्रमणका बारेमा छलफल सुरुवाती अवस्थामा रहेको बताएका छन् ।

आरोपित किशोरीसँग कुनै किसिमको विष्फोटक पदार्थ र हतियार भने नभेटिएको अधिकारीले बताए ।

सन् २०१५ को अगस्त १३ यताको आक्रमण फ्रान्स उच्च सतर्कताको अवस्थामा रहेको छ । अगस्त १३ मा भएको विनाशकारी कन्सर्टमा रमाइरहेका ९० जनासहित १३० जना नागरिकको मृत्यु भएको थियो ।

उक्त आक्रमणपछि अनुसन्धानमै रहेको फ्रान्स सुरक्षा निकायहरुले व्यक्तिगत मोवाइल, इमेल देखी सामाजिक सञ्जाल फेसबुक ट्विटरमा गरिएका सन्देश समेत अवैधानिक रुपमा अध्ययन गरिरहेको बताइन्छ ।