विनाशकारी भूकम्प र सुनामीलाई पाँच बर्षपछि यसरी सम्झे जापानीहरुले

Posted on: May 01, 2016 | views: 371

मदन पाठक २८ फागुन, टोक्यो ।
पाँच बर्षअघि आजकै दिन जापानको इतिहाँसमा दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा भएके आणविक बम प्रहार पछिको संभवत पहिलो ठूलो दूखद दिन । शक्तिशालि भूकम्प र त्यसपछि आएको सुनामीले २० हजार बढीको ज्यान लिएको घटनाको जापानभर सम्झना गरिएको छ ।

सन् २०११ मा गएको सुनामीमा परेर जीवन गुमाउने प्रियजनहरुको सम्झनामा जापानभर स्मृति सभाहरु गरिएका छन् ।

सुनामी गएको मिति र उही समय पारेर जापानीहरुले सडक तथा चोकहरुमा गाउँदेखी शहरमा मृत्यु भएका र अझै बेपत्ता रहेका भनिएका केहीको सम्झना गरे ।

राजधानी टोक्योको हिविया पार्कमा शुक्रवार सयौं मानिसहरु एकसाथ भेला भएर सुनामीमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली सहित फूल चढाएका थिए ।

सन् २०११ मार्च ११ मा जापानमा शक्तिशालि भूकम्प पछि गएको सुनामीले २० हजार बढीको मृत्यु हुनुका साथै अर्बौं रुपैयाँको भौतिक क्षति भएको थियो ।