उत्तर कोरियाद्धारा परमाणु हतियार बोक्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण

Posted on: April 29, 2016 | views: 309

२७ फागुन, एजेन्सी ।
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले दिएको चेतावनी वेवास्ता गर्दै युद्ध अभ्यास गरेपछि उत्तरले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

संयुक्त सैन्य अभ्यासका नाममा दुई देशले युद्ध अभ्यास नरोके आणविक हतियार आक्रमण गर्ने उत्तरको चेतावनीको वेवास्ता गर्दै सैन्य अभ्यास सुरु भएपछि उत्तरले दुईवटा शक्तिशालि व्यालेस्टिक मिसाईल परिक्षण गरेको हो ।

उत्तर कोरियाले हवानगे प्रान्तबाट समुद्रमा मिसाइल परीक्षण गरेको बताइएको छ ।

छोटो दुरीमा मार हान्न सक्ने दुई वटा मिसाइल परिक्षण गरेको दक्षिण कोरियाली सेनाको भनाई छ ।

पूर्वी तटिय क्षेत्रबाट प्रक्षेपण गरिएका दुई मिसाइल पाँच सय किलोमिटर पर गएर समुद्रमा खसेको दक्षिण कोरियाको दाबी छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरे लगत्तै यो परिक्षण भएको हो । यद्यपी व्यालेस्टिक परिक्षण बारे भने उत्तरले केही बताएको छैन ।

गत हप्ता संयुक्त राष्ट्र संघले परमाणु कार्यक्रमलाई लिएर आफूमाथिको प्रतिबन्ध थप कडा बनाएपछि उत्तर कोरियाले विभिन्न मिसाइल परीक्षण तथा सैन्य क्षमता विस्तार गर्दै नाकाबन्दी कडा बनाउन दवाव दिएको अमेरिका बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेको छ ।

उत्तर कोरियाले गत हप्ता मात्र ६ वटा रकेट समुद्रमा प्रहार गरेको थियो ।