उत्तर कोरियालाई पनि उल्लु बनाए यि दुई अष्ट्रेलियालीले

Posted on: November 04, 2016 | views: 989

एजेन्सी ।
सिमा जोडिएको दक्षिण कोरिया मात्र हैन अमेरिका र पुरै विश्वको चेतावनी स्विकार्दै उल्टै अमेरिकालाई चेतावनी दिएर थर्काउन सक्ने उत्तर कोरियालाई दुई अष्ट्रेलियालीले उल्लु बनाइदिएका छन् ।

समाचार अनुसार अष्ट्रेलियाका दुई सामान्य युवाले गल्फ खेलाडी भन्दै उत्तर कोरिया पुगेर सरकारी मेजमानीमा सहभागी भएर फर्कीएका छन् ।

सडकमार्गबाट उत्तर कोरिया पुगेका उनिहरुले त्यहाँ आयोजित अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागी भएका हुन् ।

२८ बर्षका मोर्गन र इभान गल्फ दुबै खेलाडी नभएपनि उनीहरुले आफुलाई अष्ट्रेलियाको उत्कृष्ट गल्फ खेलाडी बताएर प्रतियोगितामा भाग लिएका हुन् ।

उनीहरुको प्रदर्शन निक्कै खराव रहेपनि पत्तो नपाएको उत्तर कोरियाले उनिहरुलाई उच्च सम्मान सहित भव्य सुविधा दिएर राखेको थियो ।

‘हामी बेइजिङको यात्रामा थियौं । जब हामीले यस प्रतियोगिताको बारेमा थाहा पायौ, हरियो रंगको अष्ट्रेलियाली जर्सी लगाएर प्रतियोगितामा सहभागी हुने सोच बनायौं र उत्तर कोरिया हिड्यौं । मोर्गानले भनेका छन्

दुई दिनसम्म चलेको यस प्रतियोगिता उत्तर कोरियाको राजधानी प्योङयाङ शहरमा आयोजना गरिएको थियो । जहाँ संसारभरबाट ८५ जना गल्फरहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको क्रममा अष्ट्रेलियाली खेलाडीले त्यहाँको सरकार खर्चमा उत्तर कोरियाको भ्रमण गरे र उत्तर कोरियाली सरकारलाई ठग्न सफल भए मोर्गनले भनेका छन्, ‘सीमामा जब हामीले पासपोर्ट देखायौं, हामी निक्कै डराएका थियौं । हामीले यस्ता धेरै कुराहरु सुनेकारपढेका थियौं, जहाँ यात्रीलाई उत्तर कोरियाले बन्दी बनाएको उल्लेख थियो ।’

इभान यस यात्रालाई स्मर्ण गर्दै भन्छन्, ‘हामी प्रोफेशनल खेलाडी थिएनौं, त्यसैले हाम्रो प्रदर्शन त्यहाँ निक्कै खराव रहृयो । तर, यस यात्राको क्रममा हामीले, जस्ता मानिसहरुलाई भेट्यौं उनीहरुलाई हामी कहिल्यै भुल्न सक्दैनौं ।’
उनिहरुले आफुहरुले उत्तरकोरियालाई चक्मा लगाउन सकेपनि त्यस्तो भुल नगर्न र धेरै सोच्न सुझाव दिएका छन् ।