चीन कोइलाखानी दूर्घटनामा १३ जनाको मृत्यु, २० बेपत्ता

Posted on: November 01, 2016 | views: 381

१६ कार्तिक, एजेन्सी ।

चीनको दक्षिणपश्चिममा पर्ने छोंगछिंग् क्षेत्रको एउटा कोइलाखानीमा भएको विस्फोटमा १३ जनाको मृत्यु हुनुका साथै २० जना हराइरहेका छन् ।

चिनियाँ समाचार समिति सिन्हवाका अनुसार हराइरहेका २० जना जिवितै भएको आशमा उनीहरुको उद्धारको प्रयास जारी रहेको छ ।

चीनमा कोइलाखानीमा हुने दूर्घटनामा धेरै नागरिक हताहती हुने गरेपछि सरकारले खानी सञ्चालनमा थप सुरक्षा प्रवन्ध अनिवार्य गरेपनि धेरै साना र मझौला खानीमा बेलाबेलामा दूर्घटना हुने गरेका छन् ।