महंगो सजाय । नग्न भिडियो खिच्दा ६ अर्ब क्षतिपूर्ति

Posted on: May 02, 2016 | views: 369

२६ फागुन, काठमाडौं ।
अमेरिकी खेल पत्रकार इरिन एन्ड्रयुजको नग्न भिडियो खिच्नेलाई त्यहाँका अदालतले ६ अर्ब रुपैयाँको सजाय तोकिदिएको छ ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार पत्रकार इरिनको भिडियो खिच्नेलाई करोड ५० लाख डलर क्षतिपुर्ति तिर्न आदेश दिएको छ ।

३७ बर्षीया एन्ड्रयुज फक्स च्यानलकी स्पोर्टस रिपोर्टर हुन् । सन् २००८ मा नेसविले होटलमा माइकल डेविड वेरेटले उनको नग्न भिडियो खिचेका थिए । पछि त्यस भिडियो इन्टरनेटमा राखिएको थियो ।

एन्ड्रयुजले वेरेट र उनी बसेको दुई होटलबिरुद्ध मानहानीको मुद्धासहित क्षतिपुर्तिको माग गरेकी थिइन् ।

अदालतको यस फैसलापछि एन्ड्रयुज निक्कै भावुक बनेकी थिइन् । लगतै ट्वीट गर्दै उनले अदालत, न्यायाधीश, वकिल तथा परिवारका सदस्यप्रति आभार व्यक्त गरिन् ।

‘संसारभरबाट म जस्तै पीडितको समर्थनबाट आफूले सम्मानित महशुस गरिरहेकी छु’ उनले भनेकी छन्, ‘उनीहरुको अगाडी आएपछि नै मलाई यो ताकत मिल्यो की जसमा म उनीहरुको बिरुद्धमा उभिन सकेँ । उनीहरुलाई जिम्मेदार ठहर्‍याउन सकेँ, जसको काम सबै मानिसको सुरक्षा र गोपनियताको रक्षा गर्नु थियो ।’

अमेरिकी शहर शिकागोका एक बीमा कम्पनीका म्यानेजर वेरेटले यो स्वीकार गरेका छन् कि उनले एन्ड्रयुजको निशाना बनाएका थिए । उनले पैसा कमाउनका लागि यस्तो गरेको स्वीकार समेत गरेका छन् ।

जव एक वेवसाइट टिएमजेडले यस भिडियोवापत वेरेटलाई पैसा दिन अस्वीकार गरेको थियो, तव उनले यो भिडियो अनलाइनमा अपलोड गरेका थिए ।

अदालतले वेरेटलाई एन्ड्रयुजको पिछा गरेकोमा दोषी देखाएको छ । उनले होटलको कोठाको पिपहोल (बाहिर को आएको छ भनेर चिहाउने प्वाल० मा क्यामरा फिट गरेर उनको नग्न भिडियो खिचेका थिए । उसका लागि उनलाई दुई बर्ष ६ महिजा जेल सजायँ समेत सुनाइएको छ ।