मोदीले राष्ट्रगानको अपमान गरेपछि...

Posted on: April 30, 2016 | views: 276

मस्को–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि राष्ट्रगानको अपमान गरेको आरोप लागेको छ। मोदी बुधबार साँझ रुसको भ्रमणमा निस्किएका थिए। मोदी नेपाली समयानुसार साँझ ७ बजे। ४५ मिनेट जाँदा मस्को पुगेका थिए।

मोदी विमानस्थलमा पुग्ने वित्तिकै उनलाई गार्ड अफ अनर दिइएको थियो। तर, सोही समयमा मोदी हिड्न थाले। मोदी हिडेको देखेपछि उनको हात समातेर रोक्नु परेको थियो। मोदीको सो कदमको चौतर्फी आलोचना भएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार गार्ड अफ अनर दिएको सुरुवाती सलामीपछि मोदीलाई अगाडि बढ्न इसारा गरे। मोदी अगाडि पनि बढे तर त्यही बेला राष्ट्रगान जनगणमन... बज्न थाल्यो। सो समयमा रुसी अधिकारी रोकिए। तर मोदी रोकिएनन्। मोदी नरोकिएपछि एक रुसी अधिकारीले पछाडिबाट हात समातेर मोदीलाई रोक्दै सही स्थानमा लिएर आएका थिए। मोदी भारत र रुसबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको १६ औं वर्षगाँठको अवसरमा भाग लिन मस्को पुगेका हुन्।